आज थपिए २७८ संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

आज थपिए २७८ संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना संक्रमितको संख्या आक्रमक रुपमा बढिरहेको छ । हिजो विहीबार ३३४ जना संक्रमित भेटिएकोमा आज २७८ जनामा संक्रमण देखिएको छ । जसमध्ये २६७ जना पुरुष र ११ जना महिला रहेका छन् । 

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३३३ जना डिस्चार्ज भएका छन् । जसमध्ये २७१ जना पुरुष रहेका छन् भने ५२ जना महिला रहेका छन् । ११ जनाको निधन भैसकेको छ ।