आज चन्द्रग्रहण लाग्दै, चन्द्रग्रहणमा भुलेर पनि नगर्नुहोस् यी काम

आज चन्द्रग्रहण लाग्दै, चन्द्रग्रहणमा भुलेर पनि नगर्नुहोस् यी काम

काठमाडौं । आज (शुक्रबार) यो वर्षको दोस्रो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहणलाई दक्षिण एशियाबाट पनि देख्न सकिनेछ । यसअघि १० जनवरीमा वर्षको पहिलो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्रग्रहण शुक्रबार राति साढे ११ बजेबाट शुरु हुनेछ र शनिबार बिहानी २ बजेर ४९ मिनेटसम्म जारी रहनेछ । १ बजेर ९ मिनेट जाँदा यस ग्रहणको प्रभाव सबैभन्दा धेरै रहने बताइएको छ । 

यो ग्रहणलाई एशिया, युरोप, अस्ट्रेलिया र अफ्रिकाबाट हेर्न सकिनेछ । आज देखिने चन्द्रग्रहण पीनम्ब्रल अर्थात् उप छाया ग्रहण हो । यसमा पृथ्वीको मुख्य छायाको बाहिर हिस्सा चन्द्रमामाथि पर्दछ । जसले गर्दा चन्द्रमा चमक फिक्का पर्नेछ ।

वरिष्ठ वैज्ञानिक टीवी वेंकटेश्वरनका अनुसार यो उप छाया ग्रहण भएको कारण यसको असर धेरै देखिनेछैन । चन्द्रमामा मात्र हल्का छाया देखिनेछ । यसले चन्द्रमाको ५८ प्रतिशत हिस्सा मात्र ढाक्नेछ । वेंकटेश्वरनका अनुसार यो ग्रहण हेर्न सजिलो छैन । चन्द्रग्रहण पूरा प्रभावमा तपाईंले निकै ध्यान दिएर हेर्नुपर्ने हुन्छ । यदि अकाश सफा छ भने चन्द्रमाको उत्तरी र दक्षिणी क्षेत्रमा चन्द्रमाको चमकमा केही अन्तर देख्न सकिनेछ ।

सन् २०२० मा कूल ६ वटा ग्रहण लाग्नेछ । यसमा दुई सूर्यग्रहण र चार चन्द्रग्रहण लाग्नेछ । अब आगामी चन्द्रग्रहण ५ जुलाई र ३० नोभेम्बरमा लाग्नेछ भने २१ जुन र १४ डिसेम्बरमा सूर्यग्रहण लाग्नेछ ।

ग्रहण लागेको समयमा भुलेर पनि नगर्नुस् यी ५ काम
ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । यहाँ ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न ५ कुराको चर्चा गरिएको छ ।

१ यौन सम्बन्ध राख्नु हुँदैन
ग्रहणको समयमा रोमान्टिक मुड नबनाउनुस् । यो समयमा यौन सम्बन्ध राख्नु राम्रो मानिँदैन । शास्त्रमा ग्रहणको समयमा यौन सम्पर्क भएर बच्चा जन्मिएमा त्यस्तो बच्चा राक्षस समान पैदा हुने र दुर्गणल भरिएको हुने उल्लेख छ ।

२ भोजन नगर्नुस्
ग्रहण लागेको समयमा भोजन तयार गर्नु भएको छ भने त्यसलाई ग्रहण नगर्नुस् । ग्रहणको समयमा भोजन गर्नु हुँदैन । यदि भोजन बाँकि छ र ग्रहणको समयमा परेको छ भने ग्रहण सकिएपछि पनि सो खाना नखानुस् । ग्रहण लागेको समयमा पाकेको खाना उचित नहुने र यदि खानेकुराहरु छन् भने त्यसमा तुलसीको पात राखेर छोप्नु पर्ने शास्त्रमा उल्लेख छ ।

३ ग्रहणपछि सरसफाइ गर्नुस्
ग्रहण सकिएपछि घरमा सरसफाइ गर्नु उचित हुन्छ । ग्रहणको समयपछि घर मन्दिर वा पुजा कोठा समेत सफाइ गर्ने र मुर्तीहरुमा जल फेर्नु पर्ने शास्त्रा उल्लेख छ ।

४ पुजा नगर्नुस्
ग्रहण समयमा पुजा गर्नु हुँदैन । मन्दिरमा पनि ग्रहणको समयमा पुजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्री भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ । यस्ता मन्त्रमा ऊँ नमस् शिवाय, श्रीराम, सीताराम, ऊँ रामदूताय नमस् आदि हुन सक्छन् ।

५ बाहिर जानु हुँदैन
गर्भवती महिला ग्रहणको समयमा कहिल्यै पनि बाहिर जानु हुँदैन । ग्रहणको समयमा बाहिर निस्कँदा बच्चामा खराव असर पर्ने शास्त्रमा उल्लेख छ । ग्रहणको समयमा विभिन्न पराबैजनी किरणहरु उत्पन्न हुने हुँदा बच्चामा नकारात्मक असर पर्छ । ग्रहणको समयमा वातावरणमा समेत नकारात्मक किरणहरु पैदा हुने हुँदा घर बाहिर ननिस्कनु नै राम्रो हुन्छ ।