उसुमा नीमा घर्ती मगरले जितिन् स्वर्ण

उसुमा नीमा घर्ती मगरले जितिन् स्वर्ण

काठमाडौं : १३ औं साग अन्तर्गत उसुतर्फ थाउलुको नानछ्वन अलराउण्डमा नेपालकी नीमा घर्तिमगरले स्वर्ण जितेकी छिन् ।उनले १८.९१ अंक प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् ।  यससँगै नेपाले जारी सागमा स्वर्णको संख्या ३० पुर्‍याएको छ ।

सन् २०१६ मा भारतमा भएको सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् ।उनी उसुमा दुईवटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन् ।यस स्पर्धामा बंगलादेशकी मोर्जीना अख्तर दोस्रो र श्रीलंकाकी सन्जु कमारी तेस्रो भइन् ।

साग खेलकुदमा भारत ३४ स्वर्ण, २३ रजत  , १३ कास्यका साथ ७० पदकसहित शीर्ष स्थानमा रहँदा नेपाल ३० स्वर्ण, १५ रजत र २५ कास्यका साथ ७० पदकसहित दोस्रो स्थानमा रहेको छ ।