कोरोनाबाट पाल्पामा एक जनाको मृत्यु, नेपालमा कोरोनाकै कारण १० जनाको ज्यान गयो

कोरोनाबाट पाल्पामा एक जनाको मृत्यु, नेपालमा कोरोनाकै कारण १० जनाको ज्यान गयो

काठमाडौं । कोरोना भाइरसको संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४५ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन दिनअघि मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उनको मृत्युको कारण कोरोना नै भएको पुष्टि गरे । ९ जनाको यसअघि नै निधन भैसकेको थियो ।  यससँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या १० पुगेको छ । 

आज १२ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २९० पुगेको छ । जसमध्ये पुरुष २३४ जना रहेका छन् भने महिला ५६ जना रहेका छन् । पाल्पाका ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण निधन भएको छ । 

संक्रमितको संख्या भने २ हजार ६ सय ३४ जना पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३३४ जनामा संक्रमण पुष्टि भएकोथियो ।