आजै थपिए ३३४ संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

आजै थपिए ३३४ संक्रमित, नेपालमा संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३४ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार आज १२ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २९० पुगेको छ । जसमध्ये पुरुष २३४ जना रहेका छन् भने महिला ५६ जना रहेका छन् ।

पाल्पाका ४५ वर्षीय एक पुरुषको कोरोनाका कारण निधन भएको छ । ९ जनाको यसअघि नै निधन भैसकेको थियो ।  यससँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या १० पुगेको छ ।