दैलेखमा १०५, रौतहटमा ६५ जना कोरोना संक्रमित थपिए

दैलेखमा १०५, रौतहटमा ६५ जना कोरोना संक्रमित थपिए

दैलेख । एकैदिन दैलेखमा १०५ र रौतहटमा  ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार कर्णाली स्वास्थ्य प्रतिष्ठानमा गरिएको परिक्षणमा दैलेखका १०५ र मुगुका एक गरी १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कर्णालीमा संक्रमितको संख्या २१३ पुगेको छ । 

यता रौतहटमा पनि बिहीबार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए । घिमिरेका अनुसार इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एकरएक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर हाल क्वारेन्टिनमा बसेका व्यक्तिहरु छन् । बिहीबार थपिएका ६५ जना संक्रमित सँगै रौतहटमा संक्रमित हुनेको कुल सँख्या ३८३ पुगेको छ ।