जनस्वास्थ्य संकटकाल र लकडाउनको स्वरूप परिवर्तनबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

जनस्वास्थ्य संकटकाल र लकडाउनको स्वरूप परिवर्तनबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । ७३ दिनदेखी जारी लकडाउनले जनजीवन कष्टकर बनेपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने भएको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए ।

लकडाउन लम्बिदै गएपछि आर्थिक गतिविधि ठप्प भएका छन् । जसले आममानिसको जनजीवन नै अस्तव्यस्त भएको छ । लकडाउन लम्बिदा पनि संक्रमण नघटेको तथा जनजीवन पनि अस्तव्यस्त भएपछि जनजीवन सहज बनाउने उपायसहित कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा नै राख्ने गरिको निर्णय गर्न  सरकारलाई दबाब परेको छ।

लकडाउनको स्वरूप परिवर्तन नगरे बजार पसल खोल्ने व्यवसायीहरूले चेतावनी दिइसकेका छन् भने लकडाउनको स्वरूप परिवर्तनबारे जनदबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थविद् र जनस्वास्थ्यविदहरूसँग छलफल गरेका छन् ।

विज्ञहरुले तह तह गरेर लकडाउन खुकुलो पार्दै लैजाने प्रधानमन्त्री केपी ओलीलाई सुझाव दिएका थिए ।