टोटनह्यामका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि

टोटनह्यामका एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि
Photo: Reuters

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल क्लब टोटनह्यामका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो पटक भएको परीक्षणमा एकजनामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आएको क्लबले जनाएको छ ।

संक्रमण देखिएका व्यक्तिलाई हाल सात दिने आइसोलेशनमा राखिएको छ । टोटनह्यामले आफ्नो वेबसाइटमा वक्तव्य जारी गरी यसबारे जानकारी दिएपनि संक्रमितबारे भने केही भनेकाे छैन । त्यसैले उनी खेलाडिनै हुन् वा अन्य भन्ने भने खुलेकाे छैन ।

पछिल्लो चरणमा गरिएको ११ सय ९७ खेलाडी तथा पदाधिकारीले परीक्षणमा एकजनामा मात्रै संक्रमण देखिएको हो ।

प्रिमियर लिग क्लबमा अहिलेसम्म पाँच चरणको परीक्षण भएको छ, कुल ५ हजार ७९ परीक्षण भएकोमा १३ जनामा संक्रमण देखिएको हो ।