१३ औं साग : तेक्वान्दोकी संगिताले दिलाइन् नेपाललाई २८ औं स्वर्ण

१३ औं साग : तेक्वान्दोकी संगिताले दिलाइन् नेपाललाई २८ औं स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तरगत महिला तेक्वान्दोको गेरोगी प्रतिस्पर्धामा ६२ केजी मुनिको गल्समा नेपालकी संगिता बस्यालले स्वर्ण पदक जितेकी छिन् ।

संगिताले फाइनलमा गगनजोट गिललाई १९(८ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । संगिताले सेमिफाइनलमा श्रीलंकाकी मनिषालाई ४९–५ ले हराएकी थिइन् । तेक्वान्दोबाट आज नेपालले पहिलो स्वर्ण जितेको हो ।

यसअघि बुधबार नेपालले साइक्लिङमा दुई स्वर्ण जितेको थियो । डाउनहिलमा पुरुषतर्फ राजेश मगर र महिलातर्फ निश्मा श्रेष्ठले पदक जितेका थिए । करातेमा अनुपमा तथा उसुमा दीपक हमालले पनि नेपाललाई स्वर्ण दिलाएका छन् ।