प्रमाण ऐन दोस्रो संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

प्रमाण ऐन दोस्रो संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।  

सङ्घीय संसद्को दुवै सदनको बैठकबाट आज पारित भई पेश भएको विधेयक नेपालको संविधानको धारा, ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले जानकारी दिए।