एक हप्तामा नै दोब्बरले बढ्यो नेपालमा कोरोनाको ग्राफ, संक्रमितको संख्या २१ सय नाघ्यो

एक हप्तामा नै दोब्बरले बढ्यो नेपालमा कोरोनाको ग्राफ, संक्रमितको संख्या २१ सय नाघ्यो

विराटनगर । मंगलबार झापामा थप पाँचजना कोरोना संक्रमण पुष्टि भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गर्दा झापाको बुद्धशान्ति गाउँपालिकाले निर्माण गरेको होल्डिङ एरियामा रहेका पाँच जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु भारतबाट स्वदेश फर्किएकाहरु हुन् । संक्रमितमध्ये पाँचथरका १, ताप्लेजुङका तीन र झापाका १ जना रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भोलानाथ अधिकारीले जानकारी दिए ।

जेठ १३ गते गाउँपालिकाको होल्डिङ एरियामा आएकाहरुको १४ गते नमुना संकलन गरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । तर नमुना पठाएको ६ दिनपछि मंगलबार कोरोना परीक्षणको नतिजा आएको हो । रिपोर्ट पोजेटिभ आएपछि पाँचजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अधिकारीले जानकारी दिए ।

झापामा पाँच जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १७२ पुगेको प्रदेश सरकारले जनाएको छ । संक्रमितमध्ये ४८ जना डिस्चार्ज भएका छन् । पाँचजना संक्रमित थपिएसँगै नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार १ सय ४ पुगेको छ । संक्रमितमध्ये ८ जनाको निधन भैसकेको छ ।