नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो, कुन जिल्लामा कति थपिए संक्रमित ?

नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुग्यो, कुन जिल्लामा कति थपिए संक्रमित ?

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार रौतहटका ७४, सुर्खेतका २७, सर्लाहीका २१, सल्यानका १८, सिरहाका १७, दाङका १७, बाँकेका १‍७, कपिलवस्तुका १६, कैलालीका १०, अछामका १०, रूपन्देहीका १०, दैलेखका ९, कन्चनपुरका ८,  धनुषाका ६, स्याङ्जाका ५, पर्वतका ५, काठमाडौं मेडिकल कलेजका ४ जना, बर्दियाका ३, सप्तरीका १,  बाराका १,  प्युठानका १,  महोत्तरीका २,  नुवाकोटका २, भक्तपुरका १, धादिङका १,  नवलपरासी पूर्व १, नवलपरासी पश्चिमका १  संक्रमित थपिएको जानकारी दिए।  

आज ४५ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २६६ पुगेको छ । जसमध्ये पुरुष ११२ जना रहेका छन् भने महिला ५४ जना रहेका छन् । ८ जनाको यसअघि नै निधन भैसकेको छ ।