काठमाडौं मेडिकल कलेजका ४  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं मेडिकल कलेजका ४  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंको जोरपाटीस्थित काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार उनीहरु सबै स्वास्थ्यकर्मी हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८८ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । 

आज ४५ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना जित्नेको संख्या २६६ पुगेको छ । जसमध्ये पुरुष ११२ जना रहेका छन् भने महिला ५४ जना रहेका छन् । ८ जनाको यसअघि नै निधन भैसकेको छ । निधन भैसकेको छ ।