भारतबाट आएकी २२ वर्षीया युवतीको क्वारेन्टिनमा मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

भारतबाट आएकी २२ वर्षीया युवतीको क्वारेन्टिनमा मृत्यु, कोरोना रिपोर्ट आउन बाँकी

बैतडी । बैतडीमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको छ । बैतडीको पुरचौडी नगरपालिका ४ मालिका माविको क्वारेन्टाइनमा बसेकी उनको सोमबार राति मृत्यु भएको हो ।

ती महिला गत १६ गते भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेकी थिइन् । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको भएपनि रिपोर्ट आइसकेको छैन । 

पछिल्लो समय भारतबाट नेपाल प्रवेश खुकुलो बनाएसँगै नेपालमा संक्रमितको संख्या बढिरहेको छ । १ हजार ८ सय ११ जनामा संक्रमण देखिएकोमा ८ जनाको कोरोनाकै कारण निधन भएको पुष्टि भैसकेको छ ।