१३ औं साग अन्तर्गत ट्रायथोलनमा नेपालले थप्यो रजत

१३ औं साग अन्तर्गत ट्रायथोलनमा नेपालले  थप्यो रजत

पोखरा : नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत ट्रायथोलनको मिक्स टिमले रिलेमा रजत पदक जितेको छ । बुधबार सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको सम्मिलित मिक्स टिम रिले ट्रायथोलनमा नेपालले रजत पदक जितेको हो ।

ट्रायथोलनमा सोमबार महिला स्प्रिन्टमा सोनीले स्वर्ण पदक र पुरुषतर्फ बसन्तले कास्य पदक जितेका थिए । ट्रायथोलनमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ६ पदक जितेको छ ।

मंगलबार डुवाथोलन पुरुषतर्फ स्प्रिन्टमा हिमाल टमाटाले स्वर्ण र लक्ष्मण मल्लले रजत पदक जितेका थिए । त्यस्तै सोहि विद्याको महिलातर्फ हुमी बुढा मगरले रजत पदक जितेकी थिइन् ।

ट्रायथोलनमा भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक प्राप्त गर्यो । त्यस्तै श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदक जितीसकेको छ ।

ट्रायथोलनका पदक विजेतालाई संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले व्यक्तिगत पुरस्कारको घोषणा गरेका छन् । उनले स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।