१३ औं साग महिला खोखोमा नेपाललाई अहिले सम्मकै ठूलो पदक

१३ औं साग महिला खोखोमा नेपाललाई अहिले सम्मकै ठूलो पदक

काठमाडौं : टिम इभेन्टमा नेपालको अर्को रजत पदक जितेको छ । १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत महिला खो खोमा नेपालले रजत पदक जितेको हो ।

त्रिपुरेस्थित बुधबार भएको फाइनलमा भारतसँग पराजित भएपछि नेपाल रजतमा सिमित भएको थियो । नेपालले महिला खोखोमा जितेको यो अहिले सम्मकै ठूलो पदक हो । नेपाल पहिलो इनिङमा १७–५ ले पछाडि परेको थियो ।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगिता अन्तर्गत समूह एको विजेताका रुपमा नेपाल अघि बढेको थियो । श्रीलंकालाई पराजित गर्दै नेपाली टोली अन्तिम दुईमा पुगेको थियो । त्यसअघि पुरुष खो खोमा नेपालले कास्य पदक जितेको थियो ।