आज थपिएका २२६ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

आज थपिएका २२६ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा २२६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो वृद्धि अहिलेसम्मकै बढी हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सोमबार २२६ कोरोना संक्रमित थपिएका हुन्। 

देवकोटाका अनुसार दैलेखका ४१, कपिलवस्तुका ४०, सर्लाहीका ३८, जुम्लाका १९,  रौतहटका १८, कैलालीका १४, सल्यानका १०, दाङका ९, बाँकेका ७, धनुषाका ७, सुर्खेतका ५, सिरहाका ५, नवलपरासीका ३, झापाका २, महोत्तरीका २, मकवानपुरका १, उदयपुरका १, अछामका १,  बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा आज कोरोना पुष्टि भएको हो । 

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ।  तीमध्ये २२१ जना उपचारपछि घर गएका छन् ८ जनाको मृत्यु भएको छ।