लकडाउनमा नक्कली सवारी पासको बिगबिगी, शंकर ग्रुपले प्रयोग गरेको सवारी पास नै नक्कली

लकडाउनमा नक्कली सवारी पासको बिगबिगी, शंकर ग्रुपले प्रयोग गरेको सवारी पास नै नक्कली

काठमाडौं । कोरोना भाइरस नियन्त्रणको लागि नेपालमा ७० दिनयता लकडाउन जारी छ । लकडाउनको बेला पनि सडकमा बाक्लै सवारी साधन चलिरहेकोले सरकारको चर्को आलोचना पनि हुँदै आएको छ ।  सवारी पासहरु धेरै बाँडेको भनेर सम्बन्धित निकायको पनि चर्को आलोचना भइरहेकै छ । तर सडकमा सवारी साधन धेरै चल्नुमा नक्कली पासको प्रयोग हुने गरेको हालै खुलासा भएको छ ।

लकडाउनको बेला निजामती कर्मचारीका सहसचिवको हस्ताक्षरसहित मन्त्रालयले जारी गर्ने सवारी पास नक्कल गराएर दुरुपयोग गरि सवारी साधन प्रयोमा आउने गरेको तथ्य हालै सार्वजनिक भएको हो । यस्को उदाहरण हुन् सजन देवकोटा, जस्ले उद्योग, वाणिज्य र आपूर्ति मन्त्रालयको नामबाट जारी पासको नक्कली प्रति बनाई   होन्डाईको क्रेटा गाडी प्रयोग गर्दै आएको खुलासा भएको छ ।  मन्त्रालयको नाममा गराइएको नक्कली सवारी पासमा ३ ९०१९ ०२२ च ६०१० सवारी साधनको नम्बर उल्लेख छ भने प्रयोग कर्ताको नाममा सजन देवकोटा रहेको छ ।

सवारी साधन प्रयोग गर्ने कार्यलयको नाम शंकर ग्रुप रहेको छ । उक्त पासका बारेमा हामीले मन्त्रालयका प्रवक्ता एवं  सहसचिव प्रकाश दाहालसँग सिंहदरवार स्थित कार्यकक्षमै गएर पासको फाईन हेर्दा नक्कली भएको प्रमाणित भएको हो । सो  सवारी पासको कुनै प्रक्रिया मन्त्रालयमा नभएको पाइएको हो ।  

घरानियाको चर्चा बटुलेका उनले लकडाउनको अबधीमा सन्चालनमा ल्याइएको सवारी पास नक्कली गराएर दुरुपयोग गरेको यो उदाहरण मात्र हो । यस्ता नक्कली पास भएका सवारीहरु लकडाउनको समयमा धेरै नै चलेको अनुमान गरिएको छ ।