आजै भेटिए २२६ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १,७९८ पुग्यो

आजै भेटिए २२६ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १,७९८ पुग्यो

काठमाडाैं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि दिन प्रतिदिन बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २२६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । जसमा २ सय १३ जना पुरुष र १३ जना महिला रहेका छन् ।

आज झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।  

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ । संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन् भने ८ जनाको निधन भैसकेको छ ।