१३ औं साग फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै

१३ औं साग फुटबलमा आज नेपाल र श्रीलंका भिड्दै

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत फुटबलमा बुधबार दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ बजेपछि दशरथ रंगशालामा सुरु हुनेछ । मंगलबार भएको पहिलो खेलमा भुटानलाई ४(० ले पराजित गर्दै सानदार सुरुवात गरिसकेको छ ।

दशरथ रंगशालामा झन्डै साढे ४ वर्षपछि नेपालको कुनैपनि टोलीले अन्तर्राष्ट्रिय खेल खेलेको थियो । कप्तान सुजल श्रेष्ठले २ तथा अभिषेक रिजाल र मिक्छेन तामाङले १(१ गोल गरेपछि नेपालले सहज जित दर्ता गरेको हो ।

भुटानविरुद्ध जितमा प्रशिक्षक बालगोपाल महर्जनले आक्रमणका मुख्य खेलाडीद्वय सुजल श्रेष्ठ र अभिषेक रिजाललाई दोस्रो हाफमा विश्राम दिएका थिए । नेपाल अंक तालिकामा ३ अंकसहित शीर्षस्थानमा रहेको छ । भुटानले पनि २ खेलमा ३ अंक जोडेको छ । माल्दिभ्सले २ अंक तथा श्रीलंका र बंगलादेशले १(१ अंक जोडेका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।