थप ७५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ सय ४२ पुग्यो

थप ७५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६ सय ४२ पुग्यो

काठमाडौं । नेपालमा थप ७५ मा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा सोमबार बिहान जारी सूचना अनुसार थप ७५ जनामा संक्रमण पुष्टि  भएको हो । योसँगै कर्णाली प्रदेशमा मात्रै संक्रमितको संख्या  १ सय ९८ पुगेको छ।

सूचना अनुसार, प्रदेश अस्पताल, सुर्खेतर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा ३२ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरु दैलेख, सल्यान, सुर्खेत, जुम्ला जिल्लाका छन् । कर्णाली प्रदेशमा संक्रमित थपिएसँगै देशभर १६ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ।