दरबार हत्याकाण्डबारे हिमानीको यस्तो बयान

दरबार हत्याकाण्डबारे हिमानीको यस्तो बयान

कामठाडाैं । तत्कालिन राजा विरेन्द्र शाहको वंशनास हुने गरि भएको दरबार हत्याकाण्डको रहस्य अझैपनि गर्भमै रहेको छ । कहाली लाग्दो हत्याकाण्डको १८ वर्ष बितिसक्दा समेत यसको यथार्थ बाहिर आउन सकेको छैन् ।

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको हत्या भएको थियो ।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशमशेर र केतकी चेस्टर घाइते भएका थिए । उक्त घट्ना कसले गर्‍यो भन्ने बिषय अझै प्रष्ट खुल्न सकेको छै वा भनौ रहस्यमै छ ।

२०५८ जेठ १९ शुक्रबारका दिन भएको उक्त घटनाको छानविन गर्न तत्कालिन समयमा प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा एउटा आयोग गठन गरिएको थियो । त्यसपछि यस सम्बन्धमा थप जाँचबुझ र छानविन गर्न सम्म कुनै समिति बनेको छैन् । उक्त समितिले राजपरिवारका केहि सदस्यहरुसँग बयान लिएको थियो ।

त्यसमध्येकी एक थिइन् पूर्व युवराज्ञी हिमानी शाह । उनले बयानमा आफूमाथि पनि बन्दुक तेर्साइएको तर भाग्यले बाच्न सफल भएको बताएकी छिन् ।

बयान यस्तो थियो:
समितिः त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्‍यौ । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिर्पोटको लागि सजिलो पर्छ ।

हिमानीः डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखि नै हामी कार्यक्रममा थियौ । कार्यक्रममा ८ बजेसम्म सबैजसको सवारी भैसकेको थियो । ठुलो बुवा सवारी हुँदाखेरी अलि अगाडिको घटना मलाई थाहा छैन् ।

तर, ठुलो बुवा सवारी हुनुभन्दा पहिले क्राउन प्रिन्सलाई निराजन सरकार, पारस, राजीव ज्वाई, गोरखले बोकेर खोपीमा सवारी गराइएको थियो । पछि महाराजधिराज सवारी भएको एकै छिनमा ड्याङग आवाज आयो ।

अनि‘।अनि त्यसपछि कान्छो बुवा अगाडि सर्नुभयो । कान्छा बुवालाई पनि हानिबक्स्यो अनि कुना तिर यसो साईड परेर लुकेर हामी बसिराखेका थियौ अनि त्यसपछि चुप लागेर बस्यौ ‘त्यसपछि फेरी आएर परर पर्रररर बन्दुक पड्केको सुनेको त्यति नै ।

समितिः यसका, अतिरिक्त जानकारी सरकारलाई छ, छैन रु अनि आफ्नो चाही ?

हिमानीः हामी तिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।

समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, बारको उतापट्टी ?

हिमानीः डाईनिङ रुम जाने एउटा डोर छ नि त्यसैको यहाँ पट्टी कर्नरमा त्यसमा हामी थियौ।

समितिः कहाँनेर ?

हिमानीः यतापट्टी चाहिने यतापट्टी साईडमा म थिए ।

समितिः अनि त्यो बगौचाँको कुरा ?

हिमानीः बन्दुकहरु पड्को मात्र सुने । अनि हिमानी रोकिन् ।