१३औं साग : महिला टिम फाइटमा नेपाल कास्यमा सीमित

१३औं साग : महिला टिम फाइटमा नेपाल कास्यमा सीमित

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद ९साग० अन्र्तगत करातेको महिला टिम फाइटमा पाकिस्तानले स्वर्ण जितेको छ।

सातदोबाटोमा बुधबार भएको करातेको महिला टिम फाइटमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले स्वर्ण जितेको हो। पाकिस्तानसँग नै पराजित भएको नेपालले भने कास्य पदकमा चित्त बुझाएको छ।

महिला टिम फाइटमा नेपालका अनु गुरुङ, रिता कार्की र एस्टर राई रहेका थिए । टिमको पहिलो फाइटमा अनु कुल्सुनसँग ७–५ ले पराजित भएकी थिइन। एस्टर पाकिस्तानकी सनासँग पराजित भएसँगै नेपालले कास्यमै सीमित बन्न पुगेको हो।

छुटाउनुभयो कि ?