आजै थपिए १६६ संक्रमित, नेपालमा संक्रमितको संख्या १,५६७ पुग्यो

आजै थपिए १६६ संक्रमित, नेपालमा संक्रमितको संख्या १,५६७ पुग्यो

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । आजै १६६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको छ । संक्रमित हुँनेमा १ हजार ४ सय ५० जना पुरुष रहेका छन् भने ११७ जना महिला रहेका छन् । 

आज तनहुँमा १, स्याङ्जामा २, पर्सामा ५, कालिकोटमा १८, दैलेखमा १८, बाजुरामा ३, सल्यानमा २५, सुर्खेतमा १, कपिलवस्तुमा ५, बाँकेमा ८, सप्तरीमा १२, कैलालीमा ३, झापामा ४, मोरङमा १, धनुषामा २१, रौतहटमा २९, सर्लाहीमा १० जना कोरोना संक्रमित थपिएका हुन्।    

संक्रमितमध्ये १२० जना उपचारपछि घर फर्किएका छन् । उपचारपछि घर फर्कनेमा १७२ जना पुरुष छन् भने ४८ जना महिला रहेका छन् ।  ८ जनाको निधन भैसकेको छ ।