प्रदेश २ मा थपिए ६० जना कोरोना संक्रमित

प्रदेश २ मा थपिए ६० जना कोरोना संक्रमित

काठमाडौं । प्रदेश नम्बर २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६०९ पुगेको छ ।

आइतवार विहान प्रदेशको सामाजिक विकास मन्त्रालयले धनुषामा २१ सहित थप ६० जनामा संक्रमण पुष्टि भएको पुष्टि गरेको हो ।

नयाँ पुष्टि भएका संक्रमित मध्ये रौतहटमा २९ जना, धनुषामा २१ जना, सर्लाहीमा १० जनामा संक्रमण पुष्टि भएको छ ।