१३ औँ सागमा नेपालले जित्यो पहिलो पटक साइक्लिङमा स्वर्ण

१३ औँ सागमा नेपालले जित्यो पहिलो पटक साइक्लिङमा स्वर्ण

काठमाण्डौ : १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तरगत साइक्लिङ डाउनहिलमा नेपालले ५ स्वर्ण पदक जितेको छ । पुरुषमा तीन र महिलामा दुई पदक नेपालले हात पारेको हो । यो सँगै नेपालको स्वर्ण पदक संख्या २७ पुगेको छ ।

गोकर्णमा भएको प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ शीर्ष तीन स्थान हात पारेको छ । जसमा पुरुषमा राजेश मगरले स्वर्ण जितेका छन् भने महिलामा निश्मा श्रेष्ठ स्वर्ण जितेकी छन ।

दोस्रो स्थानमा नेपालकै नेपालकै निरव श्रेष्ठले रजत हात पारेका छन । दक्षिण एसियाली खेलकुदमा साइक्लिङतर्फ नेपालले यो पहिलो पटक स्वर्ण पदक जितेको हो ।