कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

कोरोना अपडेटः विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ६६ हजार नाघ्यो, कुन देशमा कतिको मृत्यु ?

कठमाडाैं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ३३ हजार नाघेको छ । संक्रमणबाट ३ लाख ६६ हजार ९ सयभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या १७ लाख ९३ हजार नाघेको छ । त्यहाँ १ लाख ४ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिका पछि संक्रमितको संख्या ब्राजिलमा बढी रहेको छ । त्यहाँ संक्रमितको संख्या ४ लाख ६८ हजार नाघेको छ भने २७ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । रुसमा संक्रमितको संख्या तीन लाख ८७ हजार नाघेको छ भने ४ हजार ३ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

भारतमा एशियाकै सर्वाधिक संख्यामा कोरोना संक्रमित भेटिएका छन् । भारतमा संक्रमितको संख्या एक लाख ७३ हजार नाघेको छ भने ४ हजार ९ सय ८० जनाले ज्यान गुमाएका छन् । पाकिस्तानमा पनि संक्रमितको संख्या ६४ हजार नाघेको छ । त्यहाँ १ हजार ३ सय १७ जनाले ज्यान गुमाएका छन् ।

बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ । संक्रमणबाट हालसम्म बेलायतमा ३८ हजार १ सय, इटलीमा ३३ हजार २ सय, स्पेनमा २७ हजार १ सय र फ्रान्समा २८ हजार ७ सयभन्दा बढीले ज्यान गुमाएका छन् । विश्वभर २६ लाख ५५ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
कुन देशमा कतिको मृत्यु ?