१३ औं : साग उसुमा दीपकले दिलाए नेपाललाइ स्वर्ण

१३ औं : साग उसुमा दीपकले दिलाए नेपाललाइ स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत उसुतर्फ दीपक हमालले स्वर्ण पदक जितेका छन् । उसुको दोस्रो दिन दीपकले थाउलोको नानछ्वान अलराउन्ड स्वर्ण पदक जितेका हुन् ।

दीपकले १९:३२ स्कोर गर्दै पहिलो स्थान हासिल गरेका हुन् । उसुमा नेपालको यो तेस्रो स्वर्ण पदक हो । नेपालको स्वर्ण पदक संख्या २४ पुगेको छ । भारतका साजन लामाले रजत र बंगलादेशका मोहम्मद आमिर हुसेनले कास्य पदक जितेका छन् ।

यसअघि नतिजा धाधलीपूर्ण भएको भन्दै नेपाल र भारतीय उसु टोलीका खेलाडी, अफिसियलले विरोध जनाउँदा झन्डै आधा घन्टा अबरद्ध भएको थियो ।

पुरुष थाउलो थाइचिचेनमा श्रीलंकाका थारिन्तु नामाल अनुरथाले स्वर्ण जितेपछि त्यसको विरोधमा नेपाल र भारतका खेलाडीले म्याटमै बसेर त्यसको विरोध गरेपछि खेल अबरुद्ध भएको थियो । धाधली पछि अन्य खेलहरु सन्चालन हुने क्रममा रहेका छन् ।