स्पेनिस ला लिगा जुन ११ बाट पुनः सुचारु हुने

स्पेनिस ला लिगा जुन ११ बाट पुनः सुचारु हुने

एजेन्सी । काेराेना भाइरस संक्रमणकाे त्रासका कारण स्थगित भएकाे स्पेनिस ला लिगा आगामी जुन ११ बाट पुनः सुचारु हुने भएको छ ।

 जसअन्तर्गत पहिलो खेलमा रियल बेटिस र सेभियाबीच खेल हुनेछ । यो सिजन बढीमा १८–१९ जुलाईसम्ममा समाप्त गर्ने आयोजकहरुको तयारी छ ।

नयाँ सिजन १२ सेप्टेम्बरबाट हुनेछ ।

कोरोनाभाइरसको संक्रमण फैलिएपछि गत मार्च १२ मा लिग स्थगन गरिएको थियो । स्पेनिस सरकारको खेलकुद विभाग र ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच यसबारेमा सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।