कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार नाघ्यो, कुन देशमा कति मृत्यु ?

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख ६२ हजार नाघ्यो, कुन देशमा कति मृत्यु ?

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ६२ हजार ३६५ पुगेको छ भने संक्रमितको संख्या ५९ लाख २० हजार ३ सय ३१ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २५ लाख ९२ हजार २४ जना उपचारपछि निको भएका छन् । 

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १७ लाख ६८ हजार ४ सय ६१ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ४ लाख ९८ हजार ७ सय २५ जना निको भइसकेका छन् । 

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २६ हजार ७ सय ६४ पुगेको छ भने संक्रमितको संख्या ४ लाख ३८ हजार ८ सय १२ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार १ सय ४२ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३१ हजार ७ सय ३२ पुगेको छ ।

हेर्नुहोस् कुन देशमा कति मृत्यु ?