१३ औं साग : अनुपमाले जितिन् स्वर्ण पदक

१३ औं साग : अनुपमाले जितिन् स्वर्ण पदक

काठमाण्डौ : १३ औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत कराँतेतर्फ अनुपमा मगरले स्वर्ण पदक जितेकी छन् ।

बुधबार ६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६(३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेकी हुन् । मंगलबार २३ स्वर्ण जितेको नेपालले बुधबार बिहान २ स्वर्ण थप्दै स्वर्ण पदकको खातामा २५ पुर्‍याएको छ । अहिले १३ औं साग प्रतियोगिताअन्तर्गत विभिन्न खेलहरू भइरहेका छन् ।