शिक्षा क्षेत्रमा एक खर्ब ७१ करोड बजेट विनियोजन, दिवा खाजा देशभर कार्यान्वयनमा ल्याइने

शिक्षा क्षेत्रमा एक खर्ब ७१ करोड बजेट विनियोजन, दिवा खाजा देशभर कार्यान्वयनमा ल्याइने

काठमाडौं । सरकारले आगामी वर्ष मुलुकलाई साक्षर नेपाल घोषणा गर्ने भएको छ । संघीय संसद्मा बजेट पेस गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले शिक्षा क्षेत्रमा एक खर्ब ७१ अर्ब ७१ करोड बजेट विनियोजन गरेको जानकारी दिए । 

यस्तै, सरकारले कोभिड प्रकोपका कारण भर्चुअल कक्षालाई प्राथमिकतामा राखेको छ । हाल ४३ जिल्लामा कायम रहेको दिवा खाजा कार्यक्रमलाई देशभर विस्तार गर्ने भएको छ । 

यस्तै, स्थानीय तहमार्फत वितरण गर्नेगरि १३ लाख छात्रालाई प्याड वितरण गर्नका लागि पनि सरकारले बजेट विनियोजन गरेको छ । निःशुल्क पाठ्यपुस्तक समयमा नै विद्यार्थीबीच पुर्‍याउन सरकारले दुई अर्ब ७६ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । 

सरकारले विश्वविद्याय अनुादन आयोगमार्फत बाँडिने रकम नतिजामा आधारित बनाउने भएको छ ।