सञ्चार माध्यमलाई सिंहदरबार प्रवेशमा रोक

सञ्चार माध्यमलाई सिंहदरबार प्रवेशमा रोक

काठमाडौं । देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा सञ्चारकर्मीलाई  प्रवेशमा रोक लगाइएको छ । बिहीबार सरकारी सञ्चार माध्यम बाहेक अन्यलाई माथिको आदेश भन्दै सिंहदरबार प्रवेशमा रोक लगाइएको हो । 

प्रहरीले माथिको आदेश भन्दै २ बजेसम्म प्रवेश निषेध गरिएको भन्दै सञ्चारकर्मीलाई सिंहदरबार प्रवेशमा रोक लगाइरहेकाे छ । 

सरकारले आज आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण)  प्रस्तुत गर्दैछ । बजेट भाषणको तयारी भैरहेको बेला सिंहदरबारमा सञ्चारकर्मीलाई रोक लगाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।