१३औं साग : नेपालसंग भुटान ४-० गोल अन्तरले पराजित

१३औं साग : नेपालसंग भुटान ४-० गोल अन्तरले पराजित

काठमाडौं : १३औं साग अन्तर्गत पुरुष फुुटबलमा नेपालले भुटानलाई ४-० गोल अन्तरले हराएको छ । करिव ५ वर्षपछि दशरथ रंगशालामा फुटबल खेलेको नेपालले भुटानमाथि सहज जित हात पारेको छ । खेलको पाँचौं मिनेटमा नै नेपालकालागि कप्तान सुजल श्रेष्ठले गोल गरे ।

खेलको ५० औं मिनेटमा सुजलले नै व्यक्तिगत दोस्रो गोल गरे । खेलको ६६ औं मिनेटमा अभिषेक रिजालको गोलसंगै नेपालले आफ्नो अग्रता ३-० ले बढायो । खेलको ७७ मिनेटमा मिक्चेन तामाङले डिबक्स बाहिरबाट उत्कृष्ट फ्रि किक गोल गरेपछी नेपाल ४-० ले बिजयी बन्यो ।