पुरुष क्रिकेट : श्रीलंकासँग नेपाल ६ विकेटले पराजित

पुरुष क्रिकेट : श्रीलंकासँग नेपाल ६ विकेटले पराजित

काठमाडौं : १३ औं दक्षिण एसियालि खेलकुद प्रतियोगीता ९साग०अन्तर्गत पुरुष क्रिकेटमा नेपाल श्रीलंका यू २३ संग ६ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो।
श्रीलंकाले १९ दशमलव १ ओभरमा चार विकेटको क्षेतिमा लक्ष्य भेटाएको हो । नेपालका दीपेन्द्र ऐरीले अर्धशतकीय पारी खेले ।

उनी सर्वाधिक ७२ रन बनाएर नटआउट रहे ।यसअघि कप्तान ज्ञानेन्द्र मल्ल २१ रन, बिनोद भण्डारी २० रन, आरिफ सेख १९ रन, पवन सर्राफ २२ रन तथा पूर्वकप्तान पारस खड्का १ रन बनाएर आउट भए । करन केसीले नटआउट १ रन बनाए ।