अर्थमन्त्रीद्धारा आर्थिक सर्वेक्षण प्रस्तुत, नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान

अर्थमन्त्रीद्धारा आर्थिक सर्वेक्षण प्रस्तुत, नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान

नेपालीको प्रतिव्यक्ति आम्दानी १ लाख २६ हजार पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै गत वर्षको तुलनामा प्रतिव्यक्ति आम्दानी ४६ डलरले वृद्धि हुने बताएका हुन् ।

यसअघि राष्ट्रिय तथ्यांक विभागले १ हजार ८५ डलर प्रतिव्यक्ति आम्दानी हुने प्रक्षेपण गरेको थियो । नेपालले आर्थिक वर्ष २०७४-७५ बाट प्रतिव्यक्ति आम्दानी हजार डलर माथि पुगेको थियो ।

आर्थिक वर्ष २०७४-७५ मा नेपालकव प्रतिव्यक्ति आम्दानी १ हजार २ डलर पुगेकोमा गत वर्ष १ हजार ३९ डलर पुगेको थियो । चालू आर्थिक वर्षमा १ हजार ८५ डलर अर्थात् अहिलेको विनियम दरअनुसार १ लाख २६ हजार वार्षिक आम्दानी हुने उल्लेख गरिएको छ ।