१३औँ साग : एथ्लेटिक्समा नेपाललाई ऐतिहासिक स्वर्ण

१३औँ साग : एथ्लेटिक्समा नेपाललाई  ऐतिहासिक स्वर्ण

काठमाण्डौ : काठमाण्डौमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले आज स्वर्णपदक हात पारेकी छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्शालामा आज भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७।९४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण पदक हात पारेकी हुन । उहाँले भारतको कविता यादवलाई ०।०१ सेकेण्डलेपछि पार्दै नेपाललाई एथ्लेटिक्समा पहिलो स्वर्ण दिलाएकी हुन् । भारतकी कविताले ३५ मिनेट ०७।९५ को समय खर्चदै रजत पदक जितीन । सोही प्रतिस्पर्धामा श्रीलङ्का तेस्रो भएको छ । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९।०२ सेकेण्डको समय खर्चदै कास्य पदक हात पारेको हो ।

साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाउनुभएको थियो । त्यस्तै सन्तोषीले आठौं राष्ट्रिय खेलकूदमा स्वर्ण जित्नुकी थिइन । यो जित सँगैँ १३औँ सागमा नेपालले अहिलेसम्म २० स्वर्ण पदक हात पारीसकेको छ ।(रा.स.स)