महिला फुटबलमा नेपालको विजयी सुरुवात

महिला फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई १- ० गोल अन्तरले पराजित गरेको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले गरेको गोलनै निर्णयक बन्यो ।