१३औं साग : करातेमा नविनले जिते स्वर्ण पदक

१३औं साग : करातेमा नविनले  जिते  स्वर्ण पदक

काठमाडौं : नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद ९साग० प्रतियोगिता अन्र्तगत करातेमा अर्को स्वर्ण पदक जितेको छ । नविन रसाइलीले ६७ केजीमा स्वर्ण पदक जितेका छन्।

मंगलबार सातदोबाटोस्थित कराते हलमा भएको खेलमा नविनले पाकिस्तानका अहमेद नासिरलाई ८–६ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् ।

यसअघि नविनले बंगलादेशका महम्मद फर्दुसलाई ८–२ अंकले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए। उनले इकबर जफारलाई ७–३ ले पराजित गरे। यसअघि पहिलो दिन नेपालले ९ स्वर्णको लागि भएको प्रतिस्पर्धामा ७ स्वर्ण र २ रजत पदक जितेको थियो।