साग पुरुष फुटबल : नेपालले भुटानको सामना गर्दै

साग पुरुष फुटबल : नेपालले भुटानको सामना गर्दै

काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरूष फुटबलतर्फ आज नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेल दिउँसो १ बजेपछी सुरुहुने बताइएकाे छ ।

भुटानले सोमबार पहिलो खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । त्यस्तै, बंगलादेश र माल्दिभ्सबीच बेलुका ५ बजे खेल सुरु हुनेछ । महिला फुटबल पनि मंगलबारदेखि नै पोखरामा सुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकासँग खेल्दैछ ।