९ वर्षपछि सागमा क्रिकेटको पुनरागमन, आज नेपाल र श्रीलंका भिड्दै

९ वर्षपछि सागमा क्रिकेटको पुनरागमन, आज नेपाल र  श्रीलंका भिड्दै

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) को तेस्रो दिन मंगलबार विभिन्न खेलहरू हुँदैछन् । सन् २०१० मा ढाकामा भएको ११ औं संस्करणमा समावेश भएको क्रिकेट ९ वर्षपछि सागमा पुनरागमन भएको छ । पहिलोपटक समावेश महिला क्रिकेट सोमबारदेखि नै पोखरामा सुरु भए पनि पुरूष क्रिकेट मंगलबारदेखि हुँदैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने क्रिकेटको पहिलो खेलमै घरेलु टोली नेपालले श्रीलंका यू–२३ सँग प्रतिस्पर्धा गर्दैछ । पुरूष क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन् भने ५ टिमले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । खेल बिहान ११ बजे सुरु हुनेछ ।