दुई सांसदसहित ११ जनाको आरडीटी पोजिटिभ

प्रदेश ५ मा २ सांसदसहित ११ जनाको आरडीटी रिपोर्ट पोजिटिभ देखिएको छ । आरडीटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३ सय ९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो ।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार आरडीटी पोजिटिभ देखिएकाहरूको पीसीआर परीक्षण गरिने बताइएको छ । शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन सुरू हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाको नियमावलीवमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।