स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्ने कार्की धरौटीमा छुटे

काठमाडौंको नागढुंगामा स्वास्थ्यकर्मीको गाडीलाई रोकेर ‘दुर्व्यवहार’ गरेको अभियोगमा पक्राउ परेका स्थानीय युवा उत्तम कार्की छुटेका छन् । १० हजार रुपैयाँ धरौटीमा उनी छुटेका हुन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता राजकुमार केसीले कार्की धरौटी बुझाएर छुटेको जानकारी दिए ।

स्वास्थ्य सामग्री लिएर हेटौँडाबाट आईरहेको गाडीलाई कार्कीले रोकेर खानतलासी गरेका थिए। प्रहरीले उनलाई केही दिनमै पक्राउ गरेको थियो।

कानुनविपरित खानतलासी गरेको र स्वास्थ्यकर्मीलाई आफ्नो काममा बाधा पुर्‍याएको आरोप उनीमाथि लागेको थियो ।