नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, कुन जिल्लामा कति संक्रमित ? (तालिकासहित)

नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो, कुन जिल्लामा कति संक्रमित ? (तालिकासहित)

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार दिउँसोसम्म ४५३ पुगेको छ । जसमा ३८३ जना पुरुष छन् भने ७० जना महिला छन् । तीमध्ये केही नाबालक पनि छन् ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा धेरै बाँके जिल्ला १०२ जना संक्रमित भेटिएका छन् जसमा एकजनाको ज्यान गएको छ । पर्सामा ९१ कपिलवस्तुमा ५९ झापामा ३५ उदयपुरमा ३३ रुपन्देहिमा २९ रौतहटमा २२ र काठमाडौंमा ११ जना संक्रमित भेटिएका हुन् । त्यस्तै धनुषामा ९, धनकुटामा ७ जना संक्रमित फेला परेका छन् ।

कैलाली, दाङ, बारा, मोरङ्ग र सर्लाही जिल्लामा ४-४ जना, चितवन, महोत्तरी, धादिङ्ग, भक्तपुरमा र सुनसरीमा ३-३ जना संक्रमित भेटिएका छन् । बाग्लुङ, बर्दिया, मकवानपुर, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम) मा २-२ जना संक्रमित भेटिएका छन् ।

१ जनामा संक्रमित भेटिएको जिल्लाको संख्या १३ पुगेको छ । जसमा भोजपुर, कञ्चनपुर, सप्तरी, सिराहा, काभ्रे, सिन्धुपाल्चोक, गुल्मि, खोटाङ्ग, दैलेख, ललितपुर, रामेछाप, सिन्धुली र लमजुङ रहेका छन् ।

प्रदेश १ मा संक्रमितको संख्या ८४ जना, प्रदेश २ मा १३६ जना, बाग्मति प्रदेशमा २६ जना गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा १९६ जना कर्णाली प्रदेशमा १ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । अहिलेसम्म ३८ जिल्लामा संक्रमण फैलिएको छ ।

आज काठमाडौंको टेकु अस्पतालबाट ४ जना संक्रमित निको भएर फर्केसँगै यो रोगविरुद्धको लडाइमा जित हाँसिल गर्नेको संख्या ४९ पुगेको छ । बुटलबलमा उपचार गराइरहेका गुल्मिका एकजना संक्रमितको निधन भएसँगै नेपालमा कोरोना भाइरसबाट निधन हुने व्यक्तिको संख्या ३ पुगेको छ ।