कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड दिइयो

कतारमा पहिलो पटक एक नेपालीलाई मृत्युदण्ड दिइयो

पहिलो पटक कतारमा एक नेपालीलाई मृत्युदण्डको सजाय दिइएको छ । नेपालको औराही–१, मोहत्तरीका अनिल चौधरीलाई गोली हानी मृत्युदण्डको सजाय दिइएको हो । कतारमा नेपालीलाई मृत्युदण्डको सजाय दिईएको यो नै पहिलो घटना हो ।

चौधरीलाई कतारका एक नागरिकको खुकुरी प्रहार गरि हत्या गरेको कारण मृत्युदण्डको सजाय सुनाइएको थियो । चौधरीले कतारी नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या गरेको ठहर गरेको थियो ।

उनलाई मृत्युईदण्ड दिने तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो । कतारमा हत्या गरिएका नागरिकको परीवारले चौधरीलाई माफी दिन अस्वीकार गरेको थियो ।

मृत्युदण्ड अघि चौधरीले मामा ओमप्रकाशलाई फोनमा ‘मैले केही गल्ती गरेको छैन, मलाई हत्यारा नठान्नु, मलाई आजै सुट गर्ने भएरै होला को कोसँग बोल्न मन लागेको छ भनेर सोध्दै फोन गर्न दिइरहेको छ ।’ भनेका थिए ।

कतारका लागि नेपाली राजदूत डा नारदनाथ भारद्वाजले अनिलको मृत्युदण्ड कार्यान्वयन हुनुअघि दूतावासमा जानकारी आएको बताए । अहिले अनिलको शव स्थानीय अस्पतालमा राखिएको छ । कतारको प्रकाशनले शव नेपाल लैजान अनुमति पनि दिएको छ ।