कालिमाटी, बल्खु र बानेश्वरका फलफूल तथा तरकारी प्रयोग नगर्न आग्रह

कालिमाटी, बल्खु र बानेश्वरका फलफूल तथा तरकारी प्रयोग नगर्न आग्रह

गोदावरी नगरपालिका क्षेत्रमा कालिमाटी, बल्खु र बानेश्वरका बजारबाट फलफूल तथा तरकारी आयात गर्न निषेध गरिएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन नगरपालिकाले उक्त तीन स्थानका फलफूल तथा तरकारी प्रयोग नगर्न नगरवासीलाई आग्रह गरेको हो ।

नगरप्रमुख गजेन्द्र महर्जनद्वारा जारी सूचनामा कालिमाटी, बल्खु र बानेश्वरबाट आउने फलफूल तथा तरकारी ल्याएर व्यापारीले बिक्री वितरण गरेको पाइएमा कडाभन्दा कडा कारबाही गरिने उल्लेख गरिएको छ ।

यसैगरी सूचनामा नगरपालिकाका सबै वडामा अत्यावश्यक खाद्यवस्तु बिक्री वितरणका लागि बिहान ५ देखि ११ बजेसम्मका लागि मात्र पसल खुला गर्नसमेत व्यवसायीमा अपिल गरिएको छ ।