टेकु अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण देखियो

कन्ट्याक ट्रेसिङमा संलग्न टेकु अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण देखिएको छ । मंगलबार थपिएका २७ संक्रमितमध्ये उनी ललितपुरका एक थिए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । स्रोतका अनुसार, उनी कपिलवस्तुका कोरोना संक्रमितहरुको कन्ट्याक ट्रेसिङ गर्न गएका थिए । त्यही क्रममा आफैं संक्रमित भएको हुनसक्ने बताइएको छ ।

नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो । यसअघि कोरोना संक्रमितको उपचारमा संक्रमित नर्सलाई संक्रमण भएको थियो ।