नेपालमा १० जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

नेपालमा १० जना सुरक्षाकर्मीमा कोरोना पुष्टि

कोरोना भाइरसको नियन्त्रणका लागि अग्रपङ्तिमा खटिएका सुरक्षाकर्मी नै उच्च जोखिममा रहेका छन् ।  सोमबारसम्ममा ४ वटै सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएकोमा मंगलबार फेरि १ जना थपिएर १० जना पुगेको छ । 

मंगलबार सुनसरीमा सशस्त्र प्रहरीका १ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १० पुगेको हो । हालसम्म नेपाली सेनाका मध्य पृतनापतिसहित २ जना नेपाली सेना, ३ जना नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका ४ जना तथा मंगलबार राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीमा पनि संक्रमण पुष्टि भएसँगै संक्रमित सुरक्षाकर्मीको कुल संख्या १० पुगेको हो ।

कोरोना भाइरस रोकथामका लागि फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी नै संक्रमणको चपेटामा पर्न थालेपछि सबै सुरक्षा निकायले उच्च सतर्कता अपनाए थालेका छन् । नेपाली सेना, प्रहरीले बिदाबाट फर्केकाहरूलाई सेल्फ क्वारेन्टाइनमा राख्नेदेखि फिल्डमा खटिँदा उच्च सतर्कता अपनाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरज शाहीले बताए ।