स्वास्थ्यमन्त्रीले भनेः कोरोना भाइरसका कारण नेपालमा थप चुनौति बढ्ने खतरा छ

स्वास्थ्यमन्त्रीले भनेः कोरोना भाइरसका कारण नेपालमा थप चुनौति बढ्ने खतरा छ

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरसले गर्दा नेपाल र नेपाली जनताका आगामी दिन थप चुनौतीपूर्ण हुन सक्ने बताएका छन् ।

विश्व स्वास्थ्य संगठन, डब्लुएचओको ७३ औं विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो कन्फ्रेन्स मार्फत सम्बोधन गर्दै मन्त्री ढकालले कोरोनाविरुद्धको अभियानमा नेपालमा संक्रमितको संख्या बढ्न थालेको सन्दर्भ चुनौति बढ्न सक्ने खतरा पनि औल्याएका छन् ।

जसका लागि सरकारले सबै संयन्त्र परिचालन गरी काम गरिरहेको उहाँको भनाइ छ । यसबाहेक मन्त्री ढकालले नेपालमा कोरोमा महामारीविरुद्ध लड्न साधन स्रोतको कमी रहेकाले चिन्ता पनि थपिएको बताए ।

कोरोनाले कुनै पनि जात, रंग, पेशा वा वर्गका भनेर नछोड्ने भन्दै उनले विश्वव्यापी एकीकृत प्रयासमा जोड दिएका छन् ।