रोल्पा आइसोलेशनमा रहेका युवकको मृत्यु, कोरोना परिक्षण हुँदै

रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१ का २२ वर्षका ती युवकको सोमबार आइसोलेशनमै मृत्यु भएको रोल्पा अस्पतालले जनाएको हो ।

दुबै मृगौला फेल भएका ती युवा काठमाडौंमा डायलसिस गराउँदै आएका थिए । लकडाउनकै बीच आइतबार बेलुकी रोल्पा पुगेका उनी सोहि दिन रोल्पा अस्पतालको आइसोलेशनमा भर्ना भएका थिए ।

उनमा कोरोनाको संक्रमण छ छैन भन्ने विषयमा परिक्षण गर्न उनको स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको डा धनमाया घर्तीले जानकारी दिइन् ।